suekhet
bheriad

धनगढीमा विस्फोट, ५ जना घाइते ,,

lekabesi

साउन २ , धनगढी- धनगडीको एक होटेलमा विस्फोट हुँदा ५ जना घाईते भएका छन्। धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन भएको छ ।

घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । यादव, खान र सेरेलाको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

विस्फोटन भएको वस्तुबारे एकिन भइसकेको छैन ।घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । प्रहरीकाअनुसार विस्फोटमा परि घाईतेहुनेहरु सख्त घाइते छन् ।

विस्फोटन गराइएको वस्तु स्टीलको टिफिन कन्टेनर हो घटना किन र कसले गरायो भन्ने थप अनुसन्धान भईरहेको गिरीले बताए ।