suekhet
bheriad

झोला भिरेको मान्छे होटेलमा भित्र पस्न साथ विस्फोट भयो ,,

lekabesi

साउन २ , धनगडी – बिहिबार साँझ धनगढी उपमहानगर,३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा परि ५ जना शक्ता घाईते भएका छन्।

घटनास्थलमा प्रहरीले प्रतक्षदर्शीबाट सोध पुछ गरिरहेको छ ।एक प्रय्तक्ष दर्शीका अनुसार मिस्त्री मोबिन खानलाई दुई जना मान्छेले बोलाएर होटलमा लगे । उनीहरु मध्ये एक जनाले झोला भिरेका थिए ।

हातमा टिफिन क्यारी पनि थियो । चिया भर्खरै मात्र आएको मात्र के थियो । बेस्सरी आवाज आउने गरी पड्कियो । सुरुमा ग्यासको सिलिण्डर पड्किएको हो कि भन्ने आशंका भयो ।

प्रहरीले भने टिफिन क्यारीमा विस्फोटक पदार्थ हुनसक्ने आशंका गरेको छ । घटनामा परि घाईते हुनेहरुमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् ।

यादव, खान र सेरेलाको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा घाईते हुने बझाङका राम सिंह र कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला विप्लव समूहका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।