धनगढीमा घटना कसले घटायो ? विप्लव भन्छ हाम्रो संलग्नता छैन ,,

साउन २ ,धनगढी – धनगढी उपमहानगर–,३, शहीद गेटमा भएको शक्तिशाली बम विष्फोटमा विप्लव समूहको संलग्नता नभएको नेकपा विप्लवले जानकारी गरेको छ ।

देशमा कहिँ कतै विस्फोय हुनेबितिकै सरकारले विप्लवले विस्फोट गरायो भनेर आरोप लगाउने गर्दछ , ।विस्फोट गराउने हाम्रो धरान होइन ,आज भयको विस्फोटमा हाम्रो पार्टीको कुनै संलग्नता छैन कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्ले भने ।

विस्फोटमा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइते हुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् ।

lekbesi

प्रहरीका अनुसार घाईते हरु सबैको शरीर जलेको छ ।घटना स्थलमा पेस्तोल पनि फेला परेको प्रहरीले जानकारी गरेको छ ।प्रहरीले घटनामा प्रतक्षय दर्शी संग सोध पुछ गरि अनुसन्धान गरिरहेको छ।

प्रतक्षदर्शीका अनुसार झोला भिरेर एक ब्याक्ति होटेलभित्र पसेपछि बिस्फोट भयको हो ।झोला भिरेका ब्याक्ति घाईते छन् ।प्रहरीले उनीलाई सोधपुछ गरिरहेको छ ।

स्थानीय र प्रहरीले भने घटनामा विप्लव समुहकोनै संलग्नता रहेको आसंका गरेका छन् ।थप अनुसन्धान भईरहेको छ ……..