आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो विप्लव ,,
साउन ३ धनगडी – हिजो बिहिबार साँझ धनगडीको शहीद गेटमा नजिकै होटेलमा भएको बम विस्फोटको जिम्मा नेकपा विप्लवले लिएको छ ।
शुक्रबार दिउँसो विप्लव समूहको सेती,महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।
विस्फोटमा परि ५ जना गम्भीर घाईते भयका थिय ति मध्ये एक जनाको उपचारको क्रममा मृतु भयको छ ।विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि विप्लव समुहले स्वीकारिएको छ ।
घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
उनिमध्य सरला पनि विप्लवका कार्यकर्ता भयको विग्यपतिमा उल्लेख गरिएको छ । साथै घाईतेको उपचारमा कुनैपनि कमि हुननदिने पनि समुहले जानकारी गरेको छ ।
यो कार्यले विप्लवका कार्यकर्ता आफै बम पड्काउदै मर्दै गरेको देखिन्छ ।यसअघि १२ जेठमा काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा ३ जनाको मृत्यु र ६ जना घाइते भएका थिए ।
हेर्नुहोस विज्ञप्ति ,