suekhet
bheriad

अनियमिततामा मुछिएका त्रिवि सेवा आयोगका पाण्डेले गरे आत्महत्या ,,

lekabesi

साउन,३ , काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अनियमिततामा मुछिएका पूर्वसह,सचिव रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

कानुन व्यवसायीसँग छलफल गरेर फर्किने क्रममा त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर उनले आत्महत्या गरेका हुन् ।

पाण्डले भवनको पाँचौं तलाबाट बिहीबार दिउँसो हामफालेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

पाण्डे विरुद्ध एक वर्ष जेल सजाय माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

कीर्तिपुर बस्दै आएका पाण्डेको घर लम्जुङ्ग हो परिवार श्रोतका अनुसार पाण्डे प्रेसर डिप्रेसनको बिरामी थिय शुक्रबार पाण्डेको शवलाई पोस्टमार्टम गरिएको छ।