लोकसेवाको परिक्षास्थल भित्रपसेर प्रश्नपत्र च्यातियो ,,

Naumule

साउन ४ ,काठमान्डौ – आन्दोलन र बन्दको बाबजुद पनि लोकसेवाले परिक्षा सुरु गरेको छ ।स्थानिय तहका कर्मचारीका लागि शनिबार खोटाङमा लिईएको लोकसेवा परिक्षास्थल भित्र प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले प्रश्नपत्र च्यातेका छन् ।

, प्रश्नपत्र च्यात्त्दै गर्दा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबी मगर छन् ।

त्यसैगरी दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

Gurvakot

लोकसेवा आयोगले शनिबार बिहान ७ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ । अन्य प्रदेशका केन्द्रहरूमा पनि परीक्षा चलिरहेको छ ।

लोकसेवाले देशभरिका स्थानीय तहबाट कुल ९ हजार १६१ पदका लागि विज्ञापन खोलेको थियो जसमा ४ लाख ४१ हजारले परिक्षा फारम भरेका छन् ।लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजातिको अगुवाइमा आन्दोलन हुँदै आइरहेको छ ।

लोकसेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध भन्दै हिजोपनि तराई मधेस राष्ट्रिय परिषदले काठमान्डौमा आनोदोलन गरेको थियो । बिहान ७ बजेदेखि परिक्षा सुरु भयको छ ।

एक घण्टा सम्म चल्ने लोकसेवाको परिक्षाका लागि भनेर परिक्षास्थल्मा बाक्लो रुपमा सुरक्षा खाटाईएको छ ।अन्य जिल्लाका परिक्षा केन्द्रमा भने शान्तिपूर्ण रुपले परिक्षा भयको छ ।

 

Bangad kupinde