रुकुम चौरजहारी

च्याउ टिप्न गएका १० जना बालक जंगलमा सम्पर्क बिहिन ,रंग दर्पण ,

रुकुम आठ विसकोट

साउन ४ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं.-१५ तेलहाका १० जना बालकहरु मदारबाबा डाडाँको जंगलमा च्याउ टिप्न जादाँ शुक्रवार देखि बेपत्ता भएका छन ।

सामुहिकरुपमा च्याउ टिप्न जाने भनेर शुक्रवार दिउसो १ बजे गाउँका लगभग १६ वर्ष उमेरका १० जना बालकहरू एकसाथ जंगल पसेका थिए । राती अबेरसम्म घर नफर्किदा अाफन्तले खाेजी शुरू गरिएको थियो।

बेपत्ता भएका बालकहरु सुरज चैधरी, नवीन चाैधरी, मान बहादुर चाैधरी, सागर र सन्दीप लगायतका बालकहरुलाई खोजी कार्य भईरहेको कुडिया प्रहरी चौकीले जनाएको छ ।

बालकहरु सित रहेको मोबाईलमा नेटवर्क नटिप्दा सम्पर्क हुन कठिनाई भईरहेको साथै कुनै बेला मोबाईल सम्पर्क भईरहेको प्रहरीले जनाएको छ ।

आज विहान १० बजे हराएका मध्ये एकजनाकाे फाेन अाएकाे र हामी पहाड पारी हराएका छाैं भन्ने बताए पछि खोजीका लागी स्थानियहरु त्यस तर्फ गएको बताईएको छ। स्थानिय बासिन्दा, वनकर्मी, सुरक्षा कर्मीहरु समेत परिचालित भएपनि खोजी हुन सकेको छैन ।

अंगद यादव/नवलपरासी पश्चिम ,
रंग दर्पण सम्वाददाता ,,