suekhet
bheriad

गायक ,संगीतकार मिन प्रकाश ओलीको ठटेउलि तिज गित लैजाउ मलाई सार्वजनिक रंग दर्पण ,,

lekabesi

हरितालिका नजिकिदै गर्दा धमाधम गायक गायिका तिज गीतको भिडियो निर्माणमा लागेका छन्।

तेस्सै क्रममा गायक तथा संगीतकार मिन प्रकाश ओलीले पनि तिज गित लैजाउ मलाई लैजाउ बोलको गीत बजारमा सार्वजानिक गर्न लागेका हुन् ।

पछिल्लो समयमा बजारमा निकै चर्चामा रहेको गित घामको छायाँ हे मायाका संगीतकार मिन प्रकाश ओलीले तिज गित लैजाउ मलाई मा भने शब्द /संगीत अलि ठटेउलि पारामा गीतलाई प्रस्तुत गरेका छन्।

बहुमुखी प्रतिभाका धनि गायक संगीतकार ओली अहिले बजारमा सबैले नाम लिने र सम्जिनेमा पर्ने गरेका छन्।

चाड पर्बमा सबैले दु:ख सुखका गित प्रस्तुत गरेपनि आफुले भने दिदि बहिनिलाई ठटेउलि पारामा मनोरंजन दिन लागेको रंग दर्पणलाई बताए ।

गीत दाई र भाउजुको कथामा निर्माण भयको छ ।जसले नेपालका विभिन्न चर्चित शहरसंग जोडीएर दर्शकलाई मनोरंजन दिनेमा ओली विस्वस्त छन्। उनलाई स्वरमा छवि क्षेत्रिले साथ दिएकि छिन ।

गीतमा चर्चित कमेडीयन बिमली र दिनेश तामाङ्को अभिनय देख्न सकिन्छ ।साथमा कोमल,झुम्केलाल ,दिपा ,ओम लगायतका कलाकारको अभिनय पनि देख्न सकिन्छ ।

जनक अधिकारिको छायांकन रहेको उक्त गितमा सुजन तामाङ्को कोरियोग्राफी छ। गितलाई भने अहिलेको निकै चर्चामा रहेको म्युजिक कम्पनि रंग दर्पण ईन्टरटेनमेन्टले बजारमा प्रस्तुत गर्ने छ ।

 

 

 

 

 

रंग दर्पण संवाददाता ,,