१५ लाख घुससहित ३ इन्जिनियर पक्राउ ,,

साउन ४ ,काठमान्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियर सहित ४ जनालाई १५ लाख घुसाहित पक्राउ गरेको छ ।

कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको हो ।

निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनीहरुलाई नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

lekbesi

अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायका अनुसार १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनीहरुसंग थप अनुसन्धान भईरहेको उनले बताए।