तीनजनाको मनोनयन कसैले रोक्न सक्दैन ,,

रंग दर्पण १९ फागुन -काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रिय सभामा सिफारिस गरिएका तीनजनाको नाम अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति आक्रोश पोखेका हुन् ।

संसद सचिवलयमा एमाले र माओवादी केन्द्रका सासंदहरुलाई शनिबार संयुक्त निर्देशन दिँदै उनले राष्ट्रिय सभामा तीनजनाको मनोनयन कसैले राक्ने नसक्ने बताए ।

उनले आइतबारसम्म तीनजना मनोनयनको विषय किनारा लागिसक्ने पनि जिकिर गरे। ‘हामीले सिफारिस गरेर राष्ट्रपतिले मनोनयनको विषयमा प्रश्न उठाउनु पर्ने नै थिएन’, उनले भने, ‘राष्ट्रपतिबाट जे निर्णय गर्नु भएको छ त्यही अन्तिम हुन्छ ।’

उनले पाँच वर्षको अवधिलाई ‘विकास वर्ष’ बनाउने घोषणा गरे । प्रधानमन्त्री ओलीले पाँच वर्षमा देशले विकास र समृद्धिले फड्को मार्ने बताए ।