रुकुम चौरजहारी

बारम बार गर्छ अस्पतालले यस्तो गल्ति जसले सामान्य बिरामीको भयो मृतु ,,,,

रुकुम आठ विसकोट

साउन ५ , विराटनगर- अस्पतालको लापरबाहीका कारण बिरामी हरुको मृतुहुने क्रम बढ्दो देखिएको छ । घुंडाको सल्यक्रिया गर्ने निहुमा विराटनगर मेडिकल कलेजले बिरामीको ज्याम लगेको हो ।

शुक्रबार घुँडाको शल्यक्रिया गर्न आएका विराटनगर, ४ कञ्चनबारी स्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका सुनसरीको दुहबी नगरपालिका– ६ का ५० वर्षका अनिलकुमार साहको मृत्यु भएपछि अहिले अस्पतालमा नाराबाजी भएको हो ।

बिरामीका आफन्तका अनुसार एकस्ता अघि मोटरसाईकलको स्टेन्ड लगाउँदा घरमा लडेर साहको देब्रे खुट्टामा चोट लागेको थियो ।

खुट्टामा चोट लागेपछि नोबेल मेडिकल कजेल आएका उनलाई खुट्टामा ब्यान्डेज गरेर शुक्रबार थप जाँचका लागि आउन भनेर डाक्टरहरुले घर पठाएका थिए । शुक्रबार अस्पताल भर्ना भएका उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भनिएको थियो ।

घुडाको सामान्य अप्रेशन गर्न आफन्तहरु तयार भए । तर अप्रेशन पछि वार्डमा नलगी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको आफन्तको दावी छ ।

चिकित्सकले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको मृतकका भाई प्रदीप साहले बताए । उनका अनुसार घरबाट सामान्य अवस्थामा आएका अनिलको अप्रेशनपछि आईसीयूमा भर्ना गरिएको थियो ।

शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीको टोलीले शल्यक्रिया गरेको थियो । उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेका छन् ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको दाबी गरे । उनका अनुसार शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा विरामीलाई ‘हटअट्याक्क’ भएको थियो ।

विरामीलाई बचाउन तत्काल आईसीयूमा राखे पनि मृत्यु भएको उनले बताए । चिकित्सकको लापरबाहीका अनुसार बिरामीको मृतु भयको भन्दै आफन्तले आस्पतालबाट मृतकको शव उठाउन मानेका छैनन् ।

मृतक परिवारले क्षतिपूर्तिको मागसहित लापरबाही गर्ने डाक्टरलाई कडा कारबाहीको माग राख्दै अस्पतालमा अहिले नाराबाजी गरिरहेका छन्।

समाचार पनि भिडियोपनि एकै साथ् ,,