सरकारविरुद्द नेपाली काँग्रेसले आन्दोलन चर्काउने ,,

साउन ६ , काठमान्डौ – प्रतिपक्ष दल नेपाली कांग्रेसले केपी ओली सरकारविरुद्द आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने नेपालि कांग्रेसका सभापति शेर बाहादुर देउवाले बताए।

वीपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पारे ।

विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने सभापति देउवाले विश्वास व्यक्त गरे ।

विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताए ।

विपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।