राति सुतेकोबेला गुल्मीमा पहिरोले गाँउनै बगायो ६ जनाको मृतु ,,

साउन ७ , गुल्मी – गुल्मी जिल्लाको विभन्न ठाँउमा गएको पहिरोले ६ जनाको मृतु भएको छ भने २ जना घाईते भएका छन् ।

सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले पुष्टि गरे ।

सत्यवती गाउँपालिका,३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो ।

lekbesi

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

पहिरोमा परि सत्यवती,४ का १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएको प्रहरीले जनाएको छ ।निरन्तर वर्षा भईरहेको हुनाले उनीहरुलाई पचारको लागि अस्पताल लैजान नमिलेको प्रहरीले जनाकारी गरेको छ।

उद्धार तथा राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको रेअ वर्षाका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न नसकेको प्रजिअ पौडेलले बताए ।

घटना भयको स्थल स्याङ्जाको सिमानामा परे गर्दछ स्थानियपनि घटनास्थल तर्फा बढीरहेका छन्। करिब दुई साता अगाडी मात्र देशका ३२ जिल्लामा वर्षा र डुबानले १०० भन्दा बढीको मृतु भैसकेको छ भने ३२ अझै बेपत्ता छन्।