suekhet
bheriad

नबगायक बिरेन्द्र थापाको पहिलो गित माया सार्वजानिक रंग दर्पण..

lekabesi

नबगायक बिरेन्द्र थापाको पहिलो गित माया सार्वजानिक भएको छ । पप शैलिको गित मायालाई बिरेन्द्र आफैले रचना, कम्पोज संगै स्वर भरेका हुन ।

ज्योति स्टुडियोका फिरोज बज्राचार्यले एरेन्ज अनि मिक्स मास्टरीङ्ग गरेको उक्त गितलाई प्रनेश शाक्यले रेकर्ड गरेका हुन ।

आफ्नी मायालुको तारीफ भावले सुसज्जित गित मायालाई एस.थ्रि के. ईन्टरटेनमेन्टले बजार ब्यवस्थापन गरेको छ ।

स्टुडियो भित्रै तयार पारीएको उक्त गितको भिडियोलाई प्रनेश कृयशनको पोष्ट प्रोडक्सनमा प्रनेश शाक्यले छायाकंन सम्पादन गरेका छन ।

अष्टेलिया रहेर अध्ययन गरीरहेका नबगायक बिरेन्द्रले यो गितबाट दर्शक श्रोताको धेरै मायाको अपेक्षा गरेको बताउँदै आगामि दीनमा पनि यस्तै मिठा मिठा गित सबैसामु प्रस्तुत गर्ने बताएका छन । माया गितको सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।