वार्ताका लागि विप्लव समूह तयार भयन गृहमन्त्री थापा बादल ,,
साउन ७ , काठमान्डौ – प्रतिबन्धित विप्लव समूह र सरकारको वार्ता प्रक्रिया अगाडी बढाउने प्रक्रिया अगाडी सारेपनि विप्लव वार्ताको लागि तयार नरहेको गृहमन्त्री थापा बादलले बताएका छन्।
मुलुकमा राजनीतिक स्थायित्व नभएसम्म पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरेका छन् ।
विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको गृहमन्त्री थापा बादलले बताए ।
मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापा बादलले भने ।
वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन् ,। सरकारले वार्ताको लागि आवहान गरेपनि उनीहरुबाट औपचारिक जवाफ नआएको थापाले बताए ।
देश र जनताको लागि विप्लवले आतंक फैलाएको हुनाले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व रहेको पनि उनले बताए । विप्लव समुहका कार्यकर्तालाई सरकारले पक्राउ गर्ने गरेको छ ।
साथै प्रहरी र समूहबीच भिडन्त पनि हुने गरेको छ । जसमा एक प्रहरीको मृतु भयको छ भने ६ जना समुहका कार्यकर्ताको मृतु भयको छ।
शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने कार्यक्रममा सहभागी गृहसचिव प्रेमकुमार राइले बताए ।