suekhet
bheriad

चलचित्र कबड्डी कबड्डी कबड्डीले पनि गीत चोरेको आरोप स्वीकार ,,

lekabesi

नेपालि गित संगीतमा कपिराईट र गित चोर्ने प्रवृत्ति अहिले सामान्य देखिएको छ । चलचित्र देखि म्युजिक भिडियो ,गर्दै तीजका गितपनि चोर्ने गरेको प्रसस्त देखिन्छ ।

भर्खर मात्र रिलिज गरिएको चलचित्र कबड्डी कबड्डी कबड्डीको ,दुबो फुल्यो ,बोलको गीतले दर्शकको मनजितेको छ । तर उक्त गित चर्चित गायक संगीतकार आलोक श्रीको गित संग मिलेको छ ।

आलोक श्रीले संगीत दिएको चार वर्ष अगाडिको गीत ‘कहिले फोटो सिरानीमा’ को संगीत ‘दुबो फुल्यो’ सँग मिल्न गएपछि विवाद पनि उब्जेको थियो ।

दुबो फुल्यो बोलको गितलाई चोरीको आरोप लागेपछि निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा लगायतको टिमले आलोक श्रीसँग छलफल गरेको छ ।

छलफलमा कबड्डीका संगीतकार एसडी योगीले गित मिलेको स्वीकार गरेपछि आलोक श्रीले पनि सहमति गरेका छन् ।

सहमतिमा गीतको यूट्यूव भिडियोमा संगीतकारमा आलोक श्री र एसडी दुवैको नाम राख्न फिल्म निर्माण पक्ष तयार भएको छ, भने आलोक श्रीले केहि क्षतिपुर्ति माग गरेका छन् ।

आलोकले टिमसंग ५ लाख सम्म क्षतिपुर्ति माग गरेको बताए । तर क्षतिपुर्तिको टुंगो भने भोलि मात्र लाग्ने उनले बताए । निर्देशक रामबाबुले भने क्षतिपुर्तिमा तेती नदिने भनेपछि कुरा भोलिलाई सारीएको हो ।

रकममा बागेनिंग गर्न खोजे आलोक श्री अगाडी बढ्ने रंग दर्पणलाई जानकारी दिएका हुन् ।