suekhet
bheriad

शिल्पा र छविलाई तत्काल पक्राउ गर्न पुर्जी जारि ,,

lekabesi

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलको विवादले नयाँ मोड लिएको छ। सामाजिक संजालभरि छवि र शिल्पाविरुद्द विभिन्न प्रश्न उठेका छन् ।

छविले आफु विरुद्द हिँसा गरेको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएपछि दुबैले आपसमा टेकुमा गई सहमति गरेपनि अहिले बाहिर एकले अर्कोलाई आरोप प्रति आरोप गरेका छन्।

शिल्पाले आफुलाई छविले डिभोर्स दिनपर्ने माग राखेकी छिन भने छविले डिभोर्स नदिने बोलेका छन्। यस्तै बेला छविकि जेठी पत्नी ‘हेमा ओझाले बहुविवाहको जाहेरी दिएपछि दुबैलाई पक्राउ गर्न आदेश जारि गरेको छ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएपछि जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’ बोगटीले भने ।

बिस २०७३ सालमा असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

शिल्पाले भने छविले आफु संग गिताञ्जली र रेखा थापा मात्र श्रीमती रहेको बोलेका थिय भन्ने जानकारी गरेकी छिन।

यी मध्ये रेखा थापाले भने छविसंग पहिलेनै डिभोर्स गरिसकेकी हुन्। छवि र शिल्पाको काण्डले गर्दा पुरै चलचित्र संघको बद्नाम भयको चलचित्र कर्मीले प्रतिक्रिया दिएका छन्।