तेल बोक्ने ट्यांकर लागूऔषध ओसार्दै ,,

साउन ८ , विराटनगर – नेपालका खुल्लानाकाले गर्दा भारतबाट सजिलै नेपालमा विभिन्न चलखेल गर्नसक्ने देखिन्छ ।,

नाकामा कडाई नहुनुले नेपालको ब्यापार घाटामात्र हैन हत्या हिँसापनि अत्यधिक बढ्ने गरेका छन्।

तेस्तै भारतका गाडीहरु नेपालमा चेक हुन थालेपछि भारतीयले नेपालि गाडी चलाउदै लागुऔसध ओसारपसार गर्नथालेका छन् ।

भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर विराटनगर स्थीत नेपाल आयल निगमको प्रादेशिक डिपोमा आएको ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध फेला परेको हो ।

नोपार्किङमा रोकी राखेको ट्याङकर भित्र कोडिन फोसफेड एण्ड क्लोरफेनीमेन नामक लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

बरौनी डिपोबाट जोगवनी नाका हुँदै नेपाल भित्रने पेट्रोलियम ट्यांकरमा पहिलो पटक लागुऔषध फेला परेको प्रहरीले बताएको छ ।

विराटनगर महानगरपालिका-४ पिपल चोकबाट सह-चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजुलाई चार बोतल कोडिनसहित नियन्त्रणमा लिएको छ ।

भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय चालक मोहम्मद सफिक भने फरार छन् उनको खोजि भईरहेको छ । कोसी राजमार्गमा नोपार्किङमा रोकिएको ट्याङ्करलाई हटाउन ट्राफिक प्रहरीको टोली पुगेको थियो ।

चालकको सिट नजिकै लुगाले छोपेर राखेको अवस्थामा ४ बोपतल भरी र ३ खाली बोतल भेटिएको थियो । ट्यांकरका चालक र सह-चालक दुवै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जानकारी गरेको छ । नियन्त्रणमा लिएको ट्यांकर र सह-चालककालाक संग थप अनुसन्धान भईरहेको छ।