नवलपरासीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण ,रंग दर्पण ,,

Naumule

साउन ८ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाले गाउँपालिका भित्र रहेका ५२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

कार्य दक्षता अभिबृद्धिका लागि सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आ.व.२०७५/२०७६ को बजेट बाट पहिल्यै खरिद गरिएको साइकल अब बितरण गरियो हो ।गाउँ गाउँमा स्वास्थ्य सम्बन्धि सचेतना फैलाउन उद्देश्यले साइकलको व्यवस्था गरिएको हो ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेकोले महिला स्वयंसेविकालाई सम्मान स्वरुप साइकल वितरण गरिएको गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताए ।

 

साइकल वितरण कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं.- ८ की महिला स्वास्थ्य स्वयंसेविका शकुन्तला देवी सिंह लाई दिर्घसेवा गरे वापत सम्मान गर्दै २० हजार नगद प्रदान गरिएको प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए ।

Gurvakot

गाउपालिकस अध्यक्ष राजकुमार शर्मा, उपाध्यक्ष अंजु चौधरी प्रुमुख प्रशासकिय अधिकृत घनश्याम गाहा स्वास्थ्य सन्योजक, उप सन्योजक, वडा नं.-३,५,६ र ९ का वडाध्यक्षहरु, हेल्थपोस्ट इन्चार्जहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।

गाउँपालिकाले साइकल वितरण गरेपछि महिला स्वयंसेविकाले उत्साहको साथ खुशी ब्यक्त गर्नु भएका थिए ।

अंगद यादव, नवलपरासी पश्चिम,,

Bangad kupinde