अब बैंकले बिमा पोलिसी बेच्न नपाउने ,,
साउन ८ , काठमान्डौ – बैंकले बेच्दै आएका बीमा पोलिसीलाई नेपाल राष्ट्र बैंकले रोक लगाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७ को मौदि्रक नीतिमार्फत यस्तो व्यवस्था गर्ने घोषणा गरेको हो । प्रतेक बैंकमा बैंकहरुले हाल संस्थागत अभिकर्ताको लाईसेन्स लिएर बैंकहरुले बीमा पोलिसी बेच्दै आएका छन् ।
विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गर्दै बिमा पोलिसी बेच्दै गर्ने गरेका छन् अब भने यो नीति बन्द हुने भयको छ ।
हाल सम्म नेपालमा १९ वटा बिमा कम्पनि संचालनमा छन् यसैगरी लघुवित्तमा क्रस होल्डिङलाई आधार मान्दै राष्ट्र बैंकले मर्जरको नीति लिने भएको छ ।