गाडीको डिकीमा फेला पर्यो सनमको लास ,,

रंग दर्पण १९ फागुन, बिराटनगर : मोरङका एक युवकको अपहरणपछि हत्या भएको छ , उर्लावारी ७ का ३३ वषर्ीय सनम शाक्य मंगलबार अपहरणमा परेका थिए । उनलाई बन्धक बनाएर राखेको सूचनाका आधारमा अपराध महाशाखा र स्थानीय प्रहरीको टोलीले विराटनगर ३ पोखरिया कन्या मार्गमा चेकजाँच  गर्दै गर्दा बा १२ च ५९६३ नम्बरको स्करपियो गाडीमा शाक्यको शव भेटिएको छ ।

डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरेर राखेको अवस्थामा शव भेटिएको छ ।

मृतकको शरीरमा निलडाम भेटिएको छ । सुन तस्करीको विषयमा लेनदेन नमिलेका कारण सनमलाई सिराहाबाटबाट अपहरण गरी कुटपिट गरेर हत्या गरेको खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

lekbesi

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टेकराज मल्ल, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ परेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।