गुल्मी पहिरो अप्डेट ज्यान गुमाउनेको संख्या १३ पुग्यो ,,

Naumule

साउन ९ गुल्मी- गत मंगलबार राति गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

पहिरोमापरि ६ सय परिवार घरबारविहीन भएका छन् ।लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलो लुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो ।३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।

Gurvakot

पहिरोबाट प्रभावित हरुलाई सामुदायिक विद्यालय घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट राहत पुर्याईएको छ विपत व्यावस्थापन महाशाखा मार्फत हेलिकोप्टरले पोखराबाट ल्याएको राहत प्रभावित क्षेत्रमा पुर्‍याइएको हो ।

बाढी पहिरोमा क्षेत्रमा सरकारले नेपालि सेना, सस्त्र ,नेपालि सेना परिचालन गरेको छ बाढी पहिरोबाट हाल सम्म विभिन्न जिल्लामा १०८ जनाको मृतु भैसकेको छ ।बाढी पहिरोको विवरण गृहमन्त्री राम बहादुर थापा बादलले हिजो संसद भवनमा सार्वजानिक गरेका थिय।

Bangad kupinde