महानगरीय प्रहरी वृत्त गौशालाका सई घूससहित पक्राउ ,,

साउन ९ काठमान्डौ – महानगरीय प्रहरी वृत्त गौशालाका दुई सईलाई घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसित १८ हजार घुस लिदै गर्दा सईद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई अख्तियारले पक्राउ गरेको हो ।

वृत गौशालामा रहेको मुद्दा छिट्टै मिलाईदिन्छु भन्दै सेवाग्राहीबाट घुस लिएको जानकारी पाएपछि दुवै सईलाई अख्तियारले पक्राउ गरेको थियो ।

lekbesi

पक्राउ परेका हरुलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको छ।