suekhet
bheriad

,रअका, प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु भएको छैन :सञ्चारमन्त्री,,

lekabesi

साउन ९ , काठमान्डौ – सामाजिक संजालभर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय ‘रअका प्रमुखलाई भेट गरेको आलोचना भएको छ ।

तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने र अका प्रमुख र प्रधानमन्त्री बीच भेटवार्ता नभएको बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले सोधीएको प्रश्नमा भने ,यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ ।

त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । त्यो हल्ला मात्र हो ।कोहि बानि परेका हरुले भेटेका होलान तर प्रधानमन्त्रीले भेट्नु भएको छैन ।

उनले कसैलाई भेट्दैमा उसको पक्षधर भइनहाल्ने पनि बताए ।अर्को कुरा भेट्नै नहुने पनि हैन भेट हुने बितिकै तेही बन्ने पनि हैन ।

विभिन्न देशका आउलान भोलि भेट्दैमा तेही देशको भैहाल्ने पनि होइन बास्कोटाले भने ।

शनिबार नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर प्रमुख गोयल प्रधानमन्त्री सहित विभिन्न दलका नेताहरुलाई भेटेर सोमबार स्वदेश फर्किएको सञ्चारमाध्यममा समाचार ब्यापक छन् ।