छवि शिल्पाको बिबाह दर्ता गर्ने देखि बिबाह जनत जाने सम्मलाई मुद्दा ,,

निर्मात छवि ओझा र नायिका शिल्पा पोख्रेलको झगडा मुद्दाले अनौठो रुप बदलेको छ । शिल्पा पोख्रेलले आफु छवि संग नबस्ने डिभोर्सको कुरा चलेकै बेला छवि र शिल्पा विरुद्द उनकी जेठी श्रिमति हेमाले बहुबिबाहको मुद्दा दाएर गरेकी थिईन् ।

जाहेरी परेपछि छवि र शिल्पालाई प्रहरीले पक्राउ पुर्जी काटेपनी अझै पक्राउ भने गरेको छैन।  तेती मात्र हैन हेमाले बहुबिवाहको मुद्दा संगै शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।

शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।

बहुविवाहको मुद्दामा भोज खाने देखि जनत जानेसम्मलाई कारबाही हुने प्रावधान छ । तेस्तो कसुर हुन आएमा उनीहरु जेल जाने सम्म गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ ।

वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।शर्माका अनुसार छविले धरानबाट अहिलेसम्म पनि बसाइसराई नगरेकोले विवाह काठमाडौं महानगरपालिका वडा नं. ८ मा दर्ता गर्न मिल्दैन ।

यस विषयमा आफुलाई आधिकारीक पत्र आइनसकेको काठमाडौँ महानगरपालिका वडा नं. ८ अध्यक्ष दिनेश डङ्गालेलले बताए । विवाह दर्ता गर्ने अधिकार आफ्नो नभएर सचिवको भएको उनले बताए ।

छविले ल्याएको सम्बन्ध विच्छेद सम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको उनले खुलाए ।

शिल्पा पोख्रेल छवि ओझाकी चौथो श्रीमती हुन् । दुवै बीच झगडा हुनाले अहिले सामाजिक संजालभर चर्को आलोचना गरियको छ ।

चलचित्र निर्माता हरुलेपानी छवि र शिल्पाले चलचित्रको बदनाम गरेको भन्दै आलोचना समेत गरिएको छ।