suekhet
bheriad

नख्खु बम विस्फोटका मुख्य योजनाकार पक्राउ ,,

lekabesi

साउन १० , काठमान्डौ – ललितपुर एनसेल कार्यालय नख्खुमा बम विस्फोटमा संलग्न रहेका विप्लव समूहका कार्यकर्ता गोगंबुबाट पक्राउ परेका छन् ।

घटनाको मुख्य योजनाकार भनिएका फरार ३३ वर्षीय दोर्जे भन्ने दोर्ची शेर्पालाई बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले  पक्राउ गरेको हो ।

सोही घटनामा संलग्न चन्द समूहका ७ कार्यकर्तालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

बिहीबार पक्राउ परेका शेर्पा भोजपुर षडानन्द नगरपालिका ९ का स्थायी बासिन्दा हुन् । उनी नेकपा चन्द समूहको युवा संगठन सदस्य हुन् ।

उनको योजनामा गत फागुन १० गते साँझ एनसेल कार्यालय ललितपुर नख्खुमा बम विस्फोट गराईएको थियो बम विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो ।

कुमार खत्री, प्रतिक्षा खड्का र उरुषा मानन्धर घाइते भएका थिए । घटनास्थलका मुख्य योजनाकार शेर्पाले एनसेल कार्यालयका सेक्युरिटी गार्डलाई पेस्तोल देखाइ नियन्त्रणमा लिएको सीसीटीभी फुटेजमा कैद देखिएको थियो।

तेसै आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए ।