रंगशाला निर्माणका लागि ७८ वर्षीया वृद्धाले गरिन ५० हजार सहयोग ,,
साउन ११ , चितवन – भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले रु ५० हजार नगद सहयोग गरेकी छन् ।
धुर्मुस शुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई डम्बर कुमारीले उक्त रकम दिएकी हुन् । उनले रकम संगै धुर्मुसलाई छिट्टै रंगशाला बनाउन भनि आशिर्बाद पनि दिएकि हुन् ।
डम्वरकुमारीका श्रीमान् केहि बर्षअघि वितेका थिय । आफ्नो श्रीमानको कोषबाट प्राप्त भयको ब्याजको रकम रंगशाला निर्माणका लागि दिएको उनि बताउछिन । उनका छोरीका छोरा अनिल अधिकारी क्रिकेटर हुन् ।
उनले हालै भारतबाट कोचको समेत तालिम लिएर आएका छन् । रंगशालाका बारेमा हजुरआमाले पहिल्यैबाट चासो देखाउनु भयको थियो, आमालाई सुगर प्रेसरको रोग छ औषधी खाने पैसा पनि थपेर रंगशाला निर्माणकोलागि दिनुभएको छ ।अनिलले भने।
७८ वर्षीया आमाले क्रिकेट रंगशालाका लागि सम्झेर ५० हजार सहयोग गर्दा आफु निकै खुसि भयको धुर्मुस सिताराम कट्टेल बताउछन । आमाले दिएको सन्देशले निकै ठूलो अर्थ राख्छ मलाई ऊर्जा थपेको छ।
मैले कहिले पनि सोचेको थियन । यति उमेरको आमाले सहयोग गर्नुहुन्छ भनेर उनले भने। तेती मात्र नभई डम्बरकुमारी रंगशाला निर्माणका लागि सहयोग गर्ने सबैभन्दा जेठो सदस्यका रुपमा समेत परेकी छिन ।
रंगशाला निर्माण गर्न सरकारले धुर्मुस सुन्तली फाउन्डेसनलाई जिम्मा दिएको छ। यसको लागि विभिन्न ठाँउबाट आर्थिक सहयोग जुटिरहेको छ।
केहि महिना अगाडी रंगशाला निर्माणमा केहि ब्याक्तिले बिरोध गर्दै निर्माणधीन ठाँउमा लगाएको बार डोजरले भत्काईदिएका थिय । अहिले भने दुवै पक्ष सहित सहमतिमा आएपछि रंगशाला निर्माण कार्य अगाडी बढिरहेको छ।