रोकीएन घुस काण्ड कार्यालय प्रमुखसहित चारजना पक्राउ ,,

साउन १२ , काठमाडौं- घुस काण्डमा सामान्य ब्याक्ति देखि नेपालका उच्चस्तरका अन्याधिश सम्म पक्राउ पर्ने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ गरेको छ ।

lekbesi

सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ । पछिल्लो समयमा अख्तियारका कर्मचारी सेवाग्राही बनेर कार्यालयमा पुग्ने समेत गरेका छन्।