बालुवाटार जग्गा प्रकरणमा मुछिएर आत्महत्या गरेका श्रेष्ठलेबारे बोल्यो कांग्रेस ,,

साउन १३ , काठमान्डौ – बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नासु तथा पार्टीको पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको मृत्यु रहस्यमय भएको भन्दै नेपालि कांग्रेसले अनुसन्धान गर्न माग गरेको छ ।

श्रेष्ठले आइतबार काठमाडौंको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको प्रहरीले बताएको थियो । उनको मृतुको कारण नखोजेर प्रहरीले पोष्टमार्टम नगर्दै आत्महत्या भन्नु गम्भीर विषय भयको कांग्रेसले जिकिर गरेको छ ।

घटनास्थलमा रगत समेत नदेखिनु कुनै पनि भागमा चोट पटक नलाग्नु आठ तलाबाट हामफालेर आत्महत्या भयो भन्नु गम्भीर विषय हो । यसमा यथार्थ छानबिन र तथ्य सर्वाजनिक गरियोस भन्ने कांग्रेसले विज्ञप्ति जारि गरेको छ ।

lekbesi

श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीमा नेपालि कांग्रेसका पदाधिकारी उपस्थिति भएका थिय।