suekhet
bheriad

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि सिंगापुर जाँदै ,,

lekabesi

साउन १३ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ उपचारको लागि १८ गते सिंगापुर जाने भएक छन् ।

ओली केहिदिन यता अस्वस्थ भयका थिय ।अस्वथ भयपछि प्रधानमन्त्री ओली सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरीरहेका थिय ।

ओलीले १२ वर्षा अघि दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका हुन् ।यो संगै उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ।

विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गरेका थिए ।

स्रोतका अनुसार गत शुक्रबार सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो ।

६ वर्ष अघि उनको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर निको भएको थियो ।

उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका छन् ।ओली ७ दिनपछि स्वदेश फर्किने छन् ।