suekhet
bheriad

सचिवालयको बैठक स्थगित पारेर दुवै अध्यक्ष विदेश जाँदै ,,

lekabesi

साउन १३ , काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगातार विदेश भ्रमणमा निस्किने भएका छन् ।

केही समयदेखि चल्दै आएको पार्टी सचिवालयको बैठक स्थगित गरेर दुई अध्यक्ष विदेश भ्रमणमा जान लागेका हुन् । स्कुल विभागको जिम्मेवारीका विषयमा कुरा नमिलेपछि बैठक पटक पटक सर्दै आएको छ ।

सोमबार बसेको सचिवालय बैठक पनि दुई सातापछि बस्नेगरी विना निश्कर्ष टुंगिएको छ । प्रधनमन्त्री ओली १८ गते उपचारको लागि सिंगापुर जाँदै छन् ,भने अर्का अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्ड मंगलबार दुवै घुम्न जाँदै छन ।

श्रोतका अनुसार प्रचण्डको घुमाई परिवारसहित घुमघाम रहने छ । केहि दिनदेखि सैनिक अस्पताल छाउनीमा उपचार गराई रहेका प्रधानमन्त्री ओली भने अस्वस्थका कारण सिंगापुर जान लागेका हुन्। ७ दिनको उपचार पछि ओली स्वदेश फर्किने छन्।