पैसा नभएको चेक दिदै हिड्ने ब्याक्तिलाई पक्राउ गरि जेल चलान ,,

साउन १४ , काठमान्डौ – बैंकिङ कसुर मुद्दामा फरार भएका प्रतिवादीलाई काठमाडौँ नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले पक्राउ गरी जेल चलान गरेको छ ।
ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई प्रहरीले आइतबार गोंगबुबाट पक्राउ गरेको हो ।

मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।

“चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग रु १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौँ”,पब्लिक आवाजमा समाचार छ ,उहाँले भन्नुभयो ।
पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्यूरोले जनाएको छ ।
