पूर्वसभासद विप्लव समूहकी सेक्रेटरी पक्राउ सरकारले आफुहरु संग झन् निहु खोज्दै छ, विप्लव ,

Naumule

साउन १४ ,काठमाडौं – सरकारले विप्लव कार्यकर्ता पक्राउ गर्ने कार्यलाई निरन्तर गरेको छ ।तर कार्यकर्ता पक्राउ गरेर सरकारले आफुमा बार्तामा बोलाएजस्तो गर्ने अनि दमनको नीति लागु गर्ने गरेको विप्लवले जानकारी गरेको छ ।

गत साउन ५ गते पार्टीका उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरे संगै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ ।

कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् । भृकुटी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव पनि हुन् ।

Gurvakot

उपाध्यायलाई मंगलबार दिउँसो राजधानीबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।सरकारले विप्लव समुहलाई प्रतिबन्धित गरेको छ जसको चौतर्फी विरोध भईरहेको छ ।

नेकपाका पार्टी भित्र देखि बिपक्षि पार्टीले समेत विप्लवमा लागेको प्रतिबन्धित् हटाउने माग गरेका छन्। प्रहरी र विप्लव समूह बीच झडपसमेत हुने गरेको छ ।जसमा विप्लवका ६ जना कार्यकर्ताको मृतु भयको छ भने एकजना प्रहरीको मृतु भयको छ।

 

Bangad kupinde