प्रदेश सरकारले चैत १५ मा पेश्की बजेट ल्याउदै ,,

रंग दर्पण -२० फागुन, विराटनगर : प्रदेश सरकारले चैत महिनामा पेश्की बजेट ल्याउनेछ।’ सोहि बजेट चैत १५ गत्ते सार्बजानिक गरिनेछ , ,

केन्द्रिय सरकारले जेष्ठ १५ मा मात्र बजेट ल्याउने भएकाले प्रदेश सरकारले असार मसान्तसम्मका लागि तत्काल खर्च गर्ने गरी पेश्की बजेट ल्याउनु परेको आन्तिरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि कामचलाउ पेश्की बजेट सरकारले १५ चैतमा ल्याउने छ । आगामी असार १ गते पूर्ण आकारको बजेट आउने छ ।’

बैठकले बजेटका लागि आर्थिक कार्यविधि विधयक तर्जुमाका लागि स्वकृति प्रदान गर्ने गरेको छ ।

lekbesi

मन्त्रिपरिषदको वैठकले प्रदेेशमा सरकारले आगामी १०० दिनमा गरिने कामको कार्ययोजना बनाउने निर्णय गरेको छ । पर्सि २२ गते सरकारको कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम पनि प्रदेश सरकारले तय गरेको छ ।

रानी-विराटनगर-धरान सडक परियोजना तथा प्रदेशमा भइरहेको महत्वपूर्ण विकास निमार्ण परियोजनाको प्रभावकारी अनुगमन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मन्त्री परिषदको वैठकले आगामी २०७५ सालका लागि प्रदेशले छुट्टै आन्तरिक क्यालेण्डर वनाउन सचिवको संयोजकत्वमा सुझाव समिति बनाएको छ ।

अब प्रत्येक बिहीबार प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ । नियमित बैठक बसेर प्रादेशिक आयोजना तथा कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।