महिनाको ३० लाख खर्च तिरेर चलेको प्रतिनिधिसभा हलमा प्रतिबैठक ७ लाख खर्च जसको असर जनतामा ल हेर्नुहोस ,

साउन १५ , काठमान्डौ – प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गर्दछ।

प्रतिनिधिसभा संचालनको लागि आवश्यक पूर्व तयारी सांसदहरूलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ।

दैनिक जस्तो बैठक अबरुद्द हुने गरेपनि यो खर्चमा भने कमि नहुने संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुलीलगायतमा हुने खर्चहरूको एकमुष्ट रकम हो।

lekbesi

बैठक अबरुद्द भयको दिनपनि सांसद हरुलाई बैठक भत्ता बापत एक हजार र यातायात बापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ। संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानीलगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताए।

बैठक अवरूद्ध हुँदा बैठकका कार्यसूचीलाई मात्रै प्रभाव पार्ने भएकाले यो खर्च सचिवालयका लागि अनावश्यक व्ययभारको रूपमा रहने गर्दछ। सरकारको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षिदलले संसद अबरुद्द गर्ने गरेको छ।

जसका कारण संसदको कार्य अगाडी बढ्न सकेको छैन। प्रति बैठक बस्न नसक्दा सभामुख कृष्ण बहादुर महाराले प्रतिपक्षिलाई माननीयजिउ हरु बस्दिन आग्रह गर्दछु । ,

अब त थाक्नु भोला , माननीय ज्युहरु अब बसेको सम्जिम त म जस्ता कुरा संसदमा सुन्ने गरिन्छ । र अर्को दिनकोलाइ बैठक सारिन्छ पुन अघिकै कार्य दोहोरिने गरेको पाइन्छ । यसको प्रतक्ष असर जनताले भोगी रहेका छन् ।