suekhet
bheriad

विप्लव समुहको विज्ञप्ति बन्दको आवहानमा सहयोग गर्ने सबैमा धन्यवाद ,,

lekabesi

साउन १५ , काठमान्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार आयोजना गरिएको बागमती,नारायणी, जनकपुरका दोलखा र रामेछाप जिल्ला बन्द सफल भएको दाबी गरेको छ ।

बन्दमा सबैले सहयोग गरेको भन्दै विप्लव समुहका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सबैमा धन्यवाद ज्ञापन दिएका छन् ।

हत्यारा लुटेरो,दलाल , भ्रस्टचारी केपी ओली सरकारर प्रहरी भित्रको बद्नाम गिरोहले साउन ४ गते माईला लामा ,प्रज्वल ,लाई काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।

गिरफ्तार गरि झुट्टो र नक्कली बहानामा जेल चलान गरेको घटना विरुद्द नेकापाले गरेको आजको बन्द सफल भयो जसमा सरकारले हार्यो र जनताले पनि हामीलाई साथ दिए विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड बाबुरामको बैमानी र पलायन संसदबादीहरु र यथास्थित्वादी चिन्तन र बिदेशी शक्तिकेन्द्रको हस्तक्षेप र जनतामा लादिएको साशन विरुद्द हाम्रो पार्टी सधै र लगातार संघर्समा लागि रहने छ । सो विज्ञप्तिमा लेखिएको छ । बन्दको प्रभाव राजधानीमा भने कम देखिएको छ।

पढ्नुहोस विज्ञप्ति ।