दर्जन जिल्लाका एनसेल टावर संगै एनटीसी टावरमा विष्फोट र आगजनी ,,

साउन १६ , काठमान्डौ – अज्ञात समुहले विभिन्न जिल्लामा एनसेल संगै एनटीसी टावरमा आगजनी र तोडफोड गरेको छ।

अज्ञात समुहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गरेको प्रहरीले जानकारी गरेको छ ।

त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ भने अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनीगरेको छ ।

lekbesi

आगजनी बाट टावरका तार छेदविच्छेद हुँदा सम्पर्क टुटेको छ। तेसै गरि रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो ।

विष्फोट र आगजनी कसले गरायो भनेर एकीन भएको छैन, तोडफोड र आगजनी भयको ठाँउतिर प्रहरी टोली पुगेको छ ।बुधबार राति देखि बिहिबार सम्म यी सबै घटना भयको प्रहरीले जानकारी गरेको छ ।विस्फोटमा विप्लव समुहको संलग्नता रहेको हुन सक्ने अनुमान गरिएको छ।