surkhet

मङ्सिरमा उपनिर्वाचन हुने ,भोटिङ मेसिन प्रयोग गर्न दलहरुको माग ,,

surkhet

साउन १६ , काठमान्डौ – विभिन्न कारणले जनप्रतिनिधि विहीन भएका स्थानमा मंसिरमा उपनिर्वाचन गर्न सहमति भएको छ ।

निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच छलफल भई प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन हुने छ ।

उपनिर्वाचनका बारेमा निर्वाचन आयोगले १८ दलहरुसँग छलफल गरेको छ छलफलमा दलहरुले आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव संगै भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सुझाव दिएका हुन् ।

Dailekh
Gorkha

दल हरुसंग सहमति छलफल भईसकेको छ ।अब मङ्सिर कति गते चुनाव गराउने भन्ने भने आयोग र सरकारको छलफलपछि मात्रै तोकिने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

उपनिर्वाचनको मिति स्थानीय तहको सरकारले तोक्छ,भने प्रदेश र संघीय निर्वाचनको मिति तोक्नो अधिकार आयोगलाई छ ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रल्हाद बुढाथोकी, नेपाली कांग्रेसका रमेश लेखक, समाजवादी पार्टीका डा. यादव, राष्ट्रिय जनता पार्टीका अनिल झा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी लगायतका नेताहरू सहभागी थिए ।

salyan