के तपाई मोबाईल चार्जमा राखेर ग्याम खेल्नुहुन्छ वा गित कल किशोरको मृतु सावधान ,,
साउन १६ , विराटनगर – पछिल्लो समय नेपालमा मोबाईल प्रयोग र मोबाईलमा ग्याम खेल्ने कार्य अत्यधिक बढेको छ ।
कतिपयले मोबाईल चार्जमा राखेर समेत कल उठाउने र कल गर्ने कार्य बढेको देखिन्छ । जसले गर्दा प्रयोगकर्तालाई कति क्षति हुन्छ, भन्ने जानकारी कसैलाई थाहा नहुन सक्छ ।
मोबाईलमा ईयरफोन लगाउने गित सुन्ने जस्ता कार्यले अमेरिकामा प्रतेक वर्ष ४ हजार ब्याक्ति माईग्रेसनका बिमारी हुने र बहुला हुने एक अध्यन्ले बताएको छ ।
जसको असर नेपालमा पनि पर्न सुरु गरेको छ । चार्जमा राखेको मोवाइल खेल्दा बुधबार मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो ।
मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेको थियो जसका कारण उनको मृतु भयको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।
साथि संग संगै सुतेका सौजनले मोबाईल चार्जमा राखेर ग्याम खेल्न सुरुगर्दै गर्दा आधारातमा उनलाई करेन्ट लागेको थियो प्रहरीले घटनास्थलबाट बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।