suekhet
bheriad

कारबार भित्र कुटाकुट एक कैदीको ज्यान गयो ,,

lekabesi

साउन १७ , काठमान्डौ – ललितपुरको नख्खु कारागार भित्र दुई जना कैदी बन्दी बीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दाका सजाय भोगी रहेका पूर्णबहादुर राजीको मृतु भयको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए।

घाईते भयका राजिको उपचारको क्रममा मृतु भयको पोख्रेलले पुस्टि गरे । उनि मानसिक बिरामी समेत हुन् ।

कारागार प्रशासनका अनुसार राजीलाई केहीवेर अघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए ।

महतोलाई ललितपुर प्रहरी परिसर जावलाखेलले नियन्त्रणमा लिएको छ । दुवै जना कोठाबाहिर घाम तापेर एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।

एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । विवादको किन र के कारणले भयो भन्ने अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले जानकारी गरेका छन् ।