suekhet
bheriad

मंसिर १४ गते उपनिर्वाचन हुने पक्का विज्ञप्ति सहित ,,

lekabesi

साउन १७ , काठमान्डौ – रास्ट्रीय निर्वाचन आयोगले मङ्सिर १४ गते उपनिर्वाचनको मिति घोसना गरेको छ ।

विभिन्न कारणले रिक्त रहेका ५० स्थानमा उपनिर्वाचन गराउने भन्दै हिजो १६ गते आयोग र दलबीच सहमति भएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

उपनिर्वाचनका बारेमा निर्वाचन आयोगले १८ दलहरुसँग छलफल गरेको छ। छलफलमा दलहरुले आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव संगै भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सुझाव दिएका थिय ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा आयोगसँगको परामर्शमा सरकारले मिति घोषणा गर्ने व्यवस्था छ ।स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन् ।

हिजो बसेको आयोग र १८ दलहरुले गरेको निर्णयअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारबाट र प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ र प्रदेशसभा निर्वाचन ऐ २०७४ बमोजिम उपनिर्वाचनको मिति तोकिएको जनाइएको छ ।