‘ इन्टु मिन्टु’ लण्डनमा कति सुहायो ,,

रंग दर्पण २० फागुन -नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी हट नाईकामा पार्छिन । उनलाई फ्लिम्मा लिएपछि फ्लिम चल्छ भन्ने सोच निर्माताको भनाई छ । यसैले उनले मागेको कस्ट पनि निर्माता हरु दिन तयार छन् ।

साम्राज्ञीले अभिनय गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा अहिले चर्चामा छ । छायांकन नसकिएपनि चलचित्रका तस्बिरहरुले चलचित्रप्रतिको उत्सुकता बढाएको छ ।
रेनशा वान्तवा राइले निर्देशन गरिरहेको चलचित्रको एक अडियो गीत पनि अहिले चर्चामा छ । ‘थाहै भएन’ बोलको लिरिकल अडियोमा स्वप्न सुमनको शब्द, संगीत र स्वर छ । स्वप्न सुमन अहिलेका यूवापूस्तामाझ निकै लोकप्रिय छन् ।

चलचित्रको निर्माणपक्षले गीतसँगै यसका रोमान्टिक तस्बिरहरु पनि सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर रोमान्टिक अवतारमा देखिएका छन् । चलचित्रलाई प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरिरहेका छन् ।

lekbesi