मलेसियाको लागि अन्तर्वार्ता गराउने म्यानपावर ब्यावसायी नियन्त्रणमा ,,
साउन १८ , काठमान्डौ – नेपालीको सबैभन्दा सजिलो गन्तब्यको बाटो हो मलेसिया ।तर सरकारले कामदारलाई मलेसिया जना बाट रोक लागाएको १४ महिना भईसकेको छ।
गल्फ देशहरु मध्ये नेपालको जस्तै हावा पानि वातावरण मिल्ने भयको हुनाले सबै नेपाली कामदारको रोजाई बन्ने गर्दछ। मलेसियाको लागि कलिङ्ग भिसा भयका ७ हजार नेपालि अहिले पनि जान पाएका छैनन् ।
बिचमा श्रम मन्त्रि गोकर्ण बिस्ट या म्याम्पावर संस्थाबीच समझदारी भएपछि कलिङ् आएका हरुलाई मलेसिया जान दिने र श्रम शम्झौता दिने भनेपनि ९ महिना सम्म कामदार लैजाने प्रक्रिया सुरु भएको छैन ।
तर म्यानपावर कम्पनीहरुले मलेसिया लैजाने भन्दै अन्तरवार्ता लिन सुरु गरेका छन् । शनिबार वैदेशिक रोजगार विभागले एक अन्तरवार्तास्थलमा छापा मार्दा यस्तो तथ्य खुलेको हो ।
लामो समदेखि बन्द रहेको मलेसिया नखुलाए पूर्वस्वीकृतिका आधारमा मलेसियाको लागि अन्तरवार्ता लिन थाल्ने म्यानपावर व्यवसायीले चेतावनी दिँदै आएका छन् ।
विभागले गोप्य सूचनाका आधारमा बत्तिसपुतलीस्थित क्लासिक अमेभरसिज म्यानपवरले अन्तरवार्ता लिईरहेको अवस्थामा छापा मार्दा करिब १५० जना युवा अन्तर्वार्ताका लागि लाईन लागेको फेला परेको छ।
कम्पनीले वावासुन प्याकेजिङ कम्पनीका लागि भन्दै अन्तरवार्ता लिइरहेको बेला मलेसियाकै कम्पनीबाट ३ जना प्रतिनिधिपनि फेला पारेको छ संस्थाले विभागबाट उक्त कम्पनीका लागि पूर्वस्वीकृति पनि नलिएको प्रराम्भिक अनुसन्धानबाट देखिएको छ ।
टोलीले अन्तर्वार्तामा प्रयोग गरिएका कागजात नियन्त्रणमा लिएको छ भने म्यानपावरका सञ्चालकलाई २४ घण्टाभित्रै विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
मलेसिया जान नपाउँदा लाखौ युवा नेपालमा भौतारी रहेका छन् ,भने कतिपयले साउदी कतारको गर्मीमा जिबन बितौना बाध्य भएका छन् ।