पूर्वराजा ज्ञानेन्द्रशाह धेरै बकबक गरे जनताले नागार्जुनबाट लखेट्नेछन् ,,
साउन १९ , रामेछाप – नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।
राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको सुनीएको छ । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ प्रचण्डले भने।
बिगतमा जनताको खुन पसिना चुस्न पल्केका राजावादी र रैताने हरुलाई यो लोकतन्त्र गणतन्त्रको मूल्य के थाहा उनले भने। जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरु अहिले सिस्टमको कुरा कर्ग्दै छन् ।
नेपालको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने जनताको त्याग, तपस्या र बलिदानलाई सम्मान गर्न नसके आन्दोलन सफल मान्न नसकिनेपनि प्रचण्डले बताए ।
देशमा ७० वर्षपछि मात्र जनताले सास फेर्न पाका छन्। तानाशाहाले आफ्नो मुठीमा राखेर जनताको खुन चुस्ने राजावादीहरु फेरी मुलाउन सुरु गरेका छन् ।
हिजो जनयुद्द हुँदा मरिन्छ कि भनेर ओढारमा लुक्ने र हामीले लोकतन्त्र स्वीकार गरेका छौ भन्ने हरु अब फेरी दुलोबाट बोल्न सुरु गरेका छन्।यसको परिणाम नराम्रो हुनसक्छ प्रचण्डले भने।
नेपालमा संविधान सभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा स्थानीय सरकार प्रादेशीक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन् ।
यो नाटकीय ढंगले गरिएको परिर्तन पनि होइन ।नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको बलिदान र संघर्षको कूल योगफलको रुपमा आजको संविधान र आजको संरचना निर्माण भएको प्रचण्डले बताए ।
दासी हरुले ७० वर्ष सम्म राज गरेको देशलाई २ बर्षमा परिवर्तन गर्न गारो हुन्छ । स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ बल्ल। तैपनि नेपालमा धेरै परिवर्तन भयको छ।
यो बिस्तारै हुने कुरा हो हामि कसैको दया मायाले यँहा सम्म आएक हैनौ। यसमा जनताको ठुलो बलिदान छ सम्पूर्ण नेपालि जनताले यो कुरा बुज्न जरुरि छ।
केहि मान्छे हरु फेरी नेपालि जनतालाई दास बनाउने दाउमा छन् । त्यो उनीहरुको सपना कहिले पुरा हुदैन, तेस्ता दासीलाई जनताको खबरदारी रहेको प्रचण्डले बताए।