आज नाग पञ्चमी ,,

Naumule

साउन २० , काठमान्डौ – आज नाग पञ्चमी देशभर मनाइँदै छ । घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गरेर नाग पञ्चमी मनाउने गरिन्छ ।

साथै आज देखि महिला हरुको पर्ब तिज सुरु भयको मानिन्छ आजको दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ ।

Gurvakot

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।

नागको चित्र घरको मूलढोकामा टाँसानाले नाग घरमा प्रवेश गर्ननसक्ने कथन छ ।

Bangad kupinde