Simta
Gurvakot
Gurvakot

बागलुङको तुरतुरे ताल फुट्दा राजमार्ग बगायो ,,

साउन २० , बागलुङ-गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेको छ ।ताल फुटेपछि मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत समेत बन्द भएको छ ।

हात वर्षको अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो ।

सो तालमा पर्यटन व्यवसायीहरुले डुंगा समेत सञ्चालन गर्दै आएका थिए ।गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेकाे तुरतुरे ताल फुटेको हो ।

lekbesi
Simta

बडिगाड गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ।

एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो। तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेको स्थानीयले बताए ।

ताल फुटेर सडक बगाएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । ताल बाट कुनै मानवीय क्षति भने भयको छैन।