डिजेल,पेट्रोल महंगियो खाना पकाउने ग्याँसको मूल्य घट्यो ,,

साउन २१ , काठमान्डौ – नेपाल आयलनिगम खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ ।निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ ।

पेट्रोल लिटरमा १ रुपैयाँ महंगिँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ भने खान पकाउने ग्याँसमा २५ रुपैया घटाएको छ । आयल निगमले निर्धारणगरेको मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ ।भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ ।

मूल्य घटेपछि खान पकाउने ग्यासको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ।

निगमले गत वर्ष ग्याँसमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन,’। निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।

सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्छ। तर, पूर्ण रुपमा कार्यान्वयन भएको छैन।