वीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति धरौटीमा रिहा ,,

साउन २१ , काठमान्डौ – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले दुवैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो । रौनियारका भतिजा डा. रामहरि रौनियार भने १० लाख धरौटीमा छुटेका छन् ।

lekbesi

यसअघि २६ असारमा रौनियारद्वय ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए ।अख्तियारले रौनियारद्वयविरुद्ध प्रतिष्ठानको भवन निर्माण गर्ने ठेकेदारसँग पटकपटक गरी १ करोड २५ लाख घूस लिएको अभियोगमा मुद्दा चलाएको थियो ।