suekhet
bheriad

सुस्मा स्वराजलाई विदाई गर्दा श्रीमान् र छोरीको सलुट,,

lekabesi

साउन २३ , काठमान्डौ – भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियको छ ।

दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा उनको अन्तिम संस्कार गरिएको हो । सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिती थियो ।

सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए ।

हृदयघातका कारण मंगलबार राती ९ बजेर ३५ मिनेटमा सुष्मा स्वराजको निधन भयको थियो उनको निधन प्रति भारतका उच्चलेवलका नेता लगायत कलाकार हरुले भावपूर्ण शर्दांजलि व्यक्त गरेका थिय ।

तेस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वराजको निधन प्रति स्तब्ध हुँदै शर्दांजलि ब्यक्त गरेका हुन् ।शुस्माको ६७ वर्षमा निधन भयको हो ।

एजेनसीको सहयोगमा ,,