सांसद शान्ता चौधरी ११ कक्षामा भर्ना यस्तो स्टाटस लेखेर विद्यालय परिवार लगाएत् नेकपालाई धन्यवाद ,,

Naumule

साउन २४ , काठमान्डौ – प्रतिनिधिसभाकी समानुपातिक सांसद चौधरी ११ कक्षामा भर्ना भएकि छिन । सांसद चौधरी नयाँ बानेश्वरसिथत रत्नराज्य माध्यमिक विद्यालयमा भर्ना भएकी हुन् ।

उनी उक्त माविमा मानविकी संकायमा भर्ना भएकी हुन् । उनलाई विद्यालय परिवारले स्वागत गरेको छ ।उनले आफ्नो सामाजिक संजालमा फोटो पोस्ट गर्दै वास्तवमा ११ पढ्नलाई १५ ,वर्षको उमेर हुन पर्ने हो।

तर के गर्नु ,मैले पढ्ने बेलामा त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो ।

दु:खको सागर पौडिदै गरेको मान्छे म , त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा( एमाले ) अर्थात हालको नेकपालाई हार्दिक धन्यवाद भन्दै उनले स्टाटस लेखेकी हुन् ।

Gurvakot

हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई , शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वहरुलाई ।

ईच्छा मेरो , साथ तपाईंहरुको । तत्परता मेरो , प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु “आभारी छु “।

उनले भनिन उनि पढ्नको लागि भनेर काठमान्डौमा डेरा लगेर बसेकी छिन पार्टी र संसदीय जिम्मेवारी छ ।विद्यालयमा निरन्तर जान नसकेपनि सकेसम्म समय व्यवस्थापन गर्ने उनले बताईन ।

Bangad kupinde